मोरङ ट्राफिकको राजस्व बढ्यो

0
35

विराटनगर, ४ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले गएको आर्थिक वर्षको तुलनामा जारी वर्षको चैत्र मसान्तसम्म १६ प्रतिशत बढि राजस्व संकलन गरेको छ । ट्राफिक कार्यालय मोरङका प्रहरी नायव निरीक्षक मणिराम कोइरालाका अनुसार कार्यालयले जारी २०७५÷०७६ को चैत्रमसान्तसम्म २ करोड ८० लाख ५५ हजार राजस्व संकलन गरेको छ । यसअघि २०७४÷०७५ को चैत्रसम्म २ करोड ४१ लाख ३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यसक्रममा जारी आर्थिक वर्षमा ट्राफिक कार्यालयले कूल ६७ हजार ५ सय ८३ सवारी साधनलाई कारवाही गरेको जनाएको छ । जसमा सबैभन्दा बढी १६ हजार ६७ मोटरसाइकल कारवाहीमा परेका छन् । प्रहरी नायक निरीक्षक कोइरालाका अनुसार मोटरसाइकल कारवाहीका क्रममा ९७ लाख ९७ हजार ५ सय रुपैयाँ संकलन भएको छ । यस्तै यो वर्ष चैत मसान्तसम्ममा ३ सय ६७ वटा सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनाका क्रममा ६९ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । जसमा १ सय ९४ जना घाइते भएका थिए । सवारी दुर्घटनाको क्रममा सबैभन्दा बढी २ सय ८८ वटा मोटरसाइकल दुर्घटनामा परेको पनि कार्यालयले जनाएको छ । जिल्लाभर कात्तिक र मंसिर महिनामा समान ४५ वटा र चैत्रमा ३१ वटा मोटरसाइकल दुर्घटना भएका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here