Tune to BFM 91.2|Biratnagar

मोरङ पब्लिक स्कूलको १८ औँ वार्षिकोत्सव सम्पन्न

विराटनगर, १६ फागुन ।मोरङको बुढीगंगा गाउँपालिका–१ टंकिसिनवारीस्थित मोरङ पब्लिक स्कूलले १८ औं वार्षिकोत्सव तथा अभिभावक भेला मनाएको छ । स्कूल परिसरमा आज सम्पन्न कार्यक्रममा नर्सरीदेखि कक्षा दशसम्म अध्ययरत विद्यार्थीहरूले साँस्कृतिक भेषभूषामा सजिएर नृत्य, गायन प्रस्तुत गरेका थिए ।

सोही अवसरमा विद्यार्थीहरूले बनाएको चित्रकला तथा विज्ञानसँग सम्बन्धित विभिन्न बस्तुहरू समेत प्रदर्शन गरेका थिए । कार्यक्रममा बुढीगंगा गाउँपालिका अध्यक्ष बालचन्द माझीले प्रविधिको उच्चतम प्रयोगगरि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले अबको आवश्यकता प्रविधिमुखी शिक्षा भएकोले यसतर्फ जोड दिनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button