Tune to BFM 91.2|Biratnagar

मोरङ बेलबारीका ६ हजार ६१ जनाले जग्गाधनि पुर्जा पाउने

विराटनगर, २२ मंसिर । मोरङको बेलबारीका ६ हजार बढीले जग्गा धनिपुर्जा पाउने भएका छन् । धनिपुर्जाका लागि नगरपालिकाले सकुम्बासी समस्या समाधान आयोगसँग सम्झौता गरेको छ । आयोगले बेलबारीमा ६ हजार ६१ घरधुरीलाई जग्गाधनिपुर्जा बितरण गर्ने प्रस्तावित विवरण समेत तयार पारेको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

आयोगले तयार पारेको विवरणमा थपघट हुन सक्ने नगर प्रमुखसुवेदीले बताउनुभयो । उहाँले भन्नुभयोे‘ नगरमा भएका भुमिहिन सकुम्वासि, दलित भुमिहिन, अव्यवस्थित बसोवास गरिरहेकाहरुको पुन तथ्याक संकलन गरेर आयोगमा पठाउँछौ ।’ सकुम्बासी समस्या समाधान आयोगले प्रदेश १ का ३० वटा स्थानीयतहमा पुर्जा वितरण गर्ने जनाएको छ । मोरङ, सुनसरी, झापा, उदपयुर ताप्लेजुङ पाँचथर इलामका स्थानीयतहमा पुर्जा बितरण गर्ने तयारी अगाडि बढाइएको छ ।

मोरङका उर्लावारी, पथरीशनिश्चरे बेलबारी रंगेली, लेटाङ, कानेपोखरी र मिक्लाजुङ पुर्जा वितरण गरिने छ । दलित भुमिहिन, भुमिहिन सकुम्बासी, अव्यवस्थित बसोबास गरेकाहरुलाई जग्गा धनिपुर्जा वितरण गर्ने गरी काम अगाडि बढाइएको आयोगले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button