Tune to BFM 91.2|Biratnagar

मोरङ र सुनसरीमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

विराटनगर, १९ कात्तिक । मोरङ र सुनसरीमा कोरोना संक्रमणबाट आज एक बालिका सहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका एक बालिका सहित ३, मोरंग र इलामका १–१ जना रहेका छन् । कोरोना भाइरस संक्रमित मोरङको ग्रामथानकी एक वृद्धा महिलाको आज दिउँसो घरमै मृत्यु भएको छ ।

वडा अध्यक्ष रमेशकुमार माझीका अनुसार ग्रामथान गाउँपालिका–७ की ६० वर्षीया वृद्धाको दिउँसो २ः३० बजेतिर मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा कात्तिक १३ गते रिपोर्ट पोजेटिभ आए पनि वृद्धालाई घरमै होम आइसोलेसनमा राखिएको थियो ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा आज विहान २ जनाको मृत्यु भएको छ । इलामको चुलाचुली–६ की ८४ वर्षीया महिला र झापाको दमक–३ का ६४ वर्षीय पुरुषको नोबेलमा मृत्यु भएको प्रवन्धक नारायण दाहालले बताउनुभयो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ । इटहरी ६ की ९ वर्षीया बालिका र धरान उपमहानगरपालिका १ की ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।

९ बर्षीय बालिकालाई गत सोमबार कोरोना पुष्टि भएपछि मंगलबार उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button