Tune to BFM 91.2|Biratnagar

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको आपत्ति

विराटनगर, २१ वैशाख । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भनाई उदृत गर्दै व्यवसायीले नाफा लुकाउने भएकाले व्याज छुट दिनु हुन्न भनेर विभिन्न संचारमाध्यमहरुमा आइरहेको समाचारप्रति मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आपत्ति जनाएका छन ।

दुवै संगठनले आज संयुक्त रुपमा पत्रकार सम्मेलन गरी नेपाल बैंकर्स संघका अध्यक्ष दाहालको भनाई प्रति घोर भत्र्सना गरेका हुन । पत्रकार सम्मेलनमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बैंकर्स एशोसियनको अध्यक्ष जस्तो जिम्मेवार पदमा बसेर संकटको बेला दिएको गैह्रजिम्मेवार अभिव्यक्तिले उद्योगलाई संकटमा पारेको बताउनुभयो ।

देशलाई आत्मनिर्भर बनाउँदै वैदेशिक व्यापार घाटा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको निजि क्षेत्र यस अभिव्यक्तीको विरोध गर्न बाध्य भएको उहाँले बताउनु भयो । लकडाउन जारी भई उद्योग व्यवसाय बन्द भएको अवधिदेखि कम्तिमा आगामी ३ वर्ष अवधिको लागि हाल कायम रहेको व्याज दरमा कम्तिमा ५ प्रतिशत घटाई उद्योग व्यवसाय क्षेत्रमा ऋण प्रवाह गर्ने व्यवस्था मिलाउन पनि उहाँले राष्ट्र बैंकसंग माग गर्नुभयो ।

पत्रकार सम्मेलनमा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले लकडाउनका कारण उद्योग व्यवसाय संचालनमा आउन नसेकोले नो विजनेश, नो वर्क, हाउ टु पे को सिद्धान्त अनुरुप काम नभएको बताउनुभयो ।

उहाँले सिद्धान्त अनुरुप काम नभएको अवधिको पारिश्रमिक भुक्तानी गर्न न्यायोचित नहुने नेपाल सरकारलाई ध्यानाकर्षण समेत गराउनु भएको छ ।

मुन्दडाले मानव अस्तित्व नै संकटमा परेको बेला मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले पत्रकार सम्मेलन गरेर नै जानकारी गराउनु परेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button