म्याग्लुङमा २ जनामा एन्टिबडी पोजिटिभ देखियो
बिराटनगर ७ वैशाख । तेह्रथुमका थप दुई जनार्मा यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट परीक्षण गर्दा कोरोना भाइरसको एन्टिबडी पोजिटिभ देखिएको छ ।
आज गरीएको थप परीक्षणमा उनीहरुलाई कोरोना भाइरसको एन्टिबडी पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेले जानकारी दिनुभएको छ । कोरोना भाइरसको एन्टिबडी पोजिटिभ देखिएकाको सख्ंया तेह्रथुम जिल्लामा तीन पुगेको छ । उनीहरु एकै परिवारका हुन् ।
यसअघि हिजो गरिएको परीक्षणमा २८ वर्षीय युवाको रिपोर्ट पोजेटिभ देखिएको थियो । मेन्छयायेम गाउँपालिकाका उनीहरु एक युवा, एक महिला र एक पुरुष छन् । शुक्रबार र शनिबार भएको परीक्षणका क्रममा उनीहरु तीनै जनाको आरडीटी नतिजा पोजिटिभ देखिएको स्वास्थ्य प्रमुख घिमिरेले जानकारी दिनुभएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको संयुक्त टोलीले गाउँपालिकाभित्र होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो । उनीहरु तीनै जनालाई म्याग्लुङमा रहेको जिल्ला स्वास्थ्य कार्यालयमा ल्याएर पुनः परीक्षण गरिएको थियो । पुन ः परीक्षणका क्रममा तीनै जनामा एन्टिबडी नतिजा पोजेटिभ देखिएको हो ।
पहिलो चरणमा शंकास्पद १५ जनामा परीक्षणम गरिएकोमा अन्यको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्यकर्मीको भनाइ छ । यी तीन जनासहित अन्य १० जनाको स्वाब परीक्षणको लागि कोसी अस्पताल विराटनगर ल्याइएको स्वास्थ्य प्रमुख घिमिरेले जानकारी दिनुभयो।