Tune to BFM 91.2|Biratnagar

यातायात व्यवसायीलाई प्रधानमन्त्रीको आश्वासन

विराटनगर,१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको क्षमता र गच्छेअनुसार यातायात व्यवसायी एवं यस क्षेत्रका मजदुरहरुको माग पूरा गर्ने आश्वासन दिनुभएको छ ।

यातायात क्षेत्रका समस्या एवं विभिन्न मागहरु लिएर चारवटा संगठनका प्रतिनिधिहरु आज बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीले भेटमा यातायात मजदुर र व्यवसायीहरुसंग उनिहरुको कुरा सुनिसकेपछि कोरोना महामारीका कारण देशको अर्थतन्त्र प्रभावित भएको र स्रोत साधनको अपर्याप्तता रहेको भएपनि सरकारले सकेको सहयोग गर्ने बताउनुभयो ।

सरकारले आफ्नो गच्छेअनुसार व्यवसायी र मजदुरका माग पूरा गर्ने भन्दै ढुक्क रहन आश्वासन दिनुभएको सहभागी एक मजदुर नेताले बताएकाछन । प्रधानमन्त्रीसँगको भेटमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातयाता मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीलगायतको टोली गएको थियो ।

प्रधानमन्त्री ओलीसँग भेट गर्नुअघि यो टोलीले खुमलटार पुगेर नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग पनि भेट गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button