Tune to BFM 91.2|Biratnagar

युवतीमाथि बलात्कार प्रयास गर्ने विराटनगरका घरजग्गा कारोबारी पक्राउ

विराटनगर, २९ माघ । युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा विराटनगरका एक जना घरजग्गा कारोबारीलाई प्रहरीले हिजोसाँझ नियन्त्रणमा लिएको छ ।

बलात्कार प्रयास गरेको आरोपमा विराटनगर महानगरपालिका–२ का ६० वर्षीय ज्ञानु प्रधानलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिनु भयो । प्रधान विराटनगरमा लामो समयदेखि घरजग्गा सम्बन्धी कारोबार गर्दै आएका व्यक्ति भएको पाइएको छ । प्रहरीका अनुसार उनी प्राइम लाइफ इन्सुसेन्सका एजेन्ट पनि रहेको खुलेको छ ।

घटना अनुसार विराटनगर–२ मै रहेको एउटा घर बिक्री गरिदिन प्रधानलाई घरधनीले आग्रह गरेका थिए । बिक्रीको तयारीमा रहेको घर किन्ने ग्रहाक खोजेका उनी ग्राहाक लिएर दिउँसो त्यहाँ पुगेको खुलेको प्रहरीले जनाएको छ । अमेरिका जाने तयारीमा रहेका घरधनी अहिले काठमाडौंमा छन् । प्रहरीका अनुसार अमेरिका जानुअघि विराटनगरमा भएको घर बिक्री गर्ने योजना रहेको कुरा उनलाई घरधनीले सुनाएका रहेछन् ।

त्यही घर किन्ने ग्राहाकको खोजीमा जुटेका प्रधानले दिउँसो ग्राहाक लिएर गएको र साँझ पुनः पुगेर घरधनीकी छोरीमाथि हातपात गर्दै बलात्कारको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । डीएसपी थापाले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button