योग शिविर सम्पन्न

0
186

विराटनगर, ३० वैशाख । एक साता देखि विराटनगर–६ मा शुरु भएको योग शिविर आज सम्पन्न भएको छ । पतञ्जली योग समिति विराटनगर महानगर समितिको संयोजन मा भएको योग शिविर आज विहान सम्पन्न भएको हो । विराटनगर वडा नंं ६, सरस्वती सामुदायिक सिकाई केन्द्र, वीएफएम र ग्रिन नर्थ प्वाईन्ट स्कुलको सहयोगमा योग शिविर आयोजना गरिएको थियो । ‘भोगी हौइन योगी बनौं, यौन शिक्षा होइन योग शिक्षा दिऔं भन्ने पतञ्जली योग समितिको नारालाई साकार पार्न महानगर समितिले योग शिविरको आयोजना गरिएको जनाएको हो । साताव्यापी योग शिविरमा हरिवावु दाहाल, ध्रुव तामाङ, शिल्पा तामाङ, राजुचन्द्र दाहाल लगायतले प्रशिक्षण दिनु भएको थियो । शिविरमा विराटनगर ६ का एक सय बढीको सहभागिता रहेको थियो । विराटनगर महानगरपालिकाका प्रत्येक वडामा बार्षिक कम्तिमा एक योग शिविर आयोजना गर्ने उद्देश्यले ८ स्थानमा योग कक्षा समेत सञ्चालनमा रहेको पतञ्जली योग समिति विराटनगर महानगर समितिले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here