रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत संकलन

0
155

विराटनगर, ३१ वैशाख । न्यूरो हस्पिटल र नेपाल महिला व्यवसायी मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा न्यूरो अस्पतालमा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा अस्पतालका चिकित्सक तथा अन्य कर्मचारीहरु, नेपाल महिला व्यवसायी मञ्चका पदाधिकारीहरुले रक्तदान गरेका थिए । अस्पतालका बरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार बिष्टले अस्पतालको सामाजिक उत्तदायित्व बिषयमा जानकारी गराउँदै कार्यक्रमको उदघाटन गर्नु भएकोे थियो । नेपाल महिला व्यवसायी मञ्चकी अध्यक्ष निना राजभण्डारीले आगामी दिनमा समेत न्यूरो अस्पताल र नेपाल महिला व्यवसायी मंचको सहकार्यमा विभिन्न स्वास्थ्य शिविरहरु तथा रक्तदान कार्यक्रमहरु गर्ने बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here