Tune to BFM 91.2|Biratnagar

रक्तदान गर्न दातालाई रेडक्रसको आह्वान

विराटनगर, २० चैत । रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापाले स्वेच्छिक रक्तदानका लागि आह्वान गरेको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेपछि रक्तदानसमेत ठप्प भएको छ ।

सोसाइटीका झापा अध्यक्ष लोकराज ढकालले तत्काल रक्तदान अभियान सञ्चालन गर्न आह्वान गर्नुभएको हो । ब्लडबैंक रित्तिने अवस्थामा पुगेकोले जिल्लामा रगतको हाहाकार हुनसक्ने अवस्था आएको उहाँको भनाइ छ ।

सुत्केरी, डायलासिस र आकस्मिक शल्यक्रियाका लागि रगतको माग उच्च छ । विर्तामोड ब्लडबैंकबाट बीएण्डसी हस्पिटल, विर्तासिटी हस्पिटल, कनकाई हस्प्टिल, कञ्चजङ्घा हस्प्टिल, सञ्जीवनी हस्पिटल, मनमोहन सामुदायिक हस्पिटललगायत ठूला अस्पतालमा रगतको आपूर्ति हुँदै आएको छ ।

ब्लडबैंकमा बिहीबार बिहानसम्ममा जम्मा १२ पिन्ट मात्र रगत मौज्दातमा रहेको छ । रेडक्रस सोसाइटीले विर्तामोडको बीएण्डसी हस्पिटल परिसरमा सञ्चालन गरेको ब्लडबैंकमा पनि रगतको मौज्दात सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button