Tune to BFM 91.2|Biratnagar

रतुवामाईमा शसस्त्र प्रहरीको वोर्डर आउट पोष्ट (विओपी) स्थापना

विराटनगर, ७ असार । मोरंगको रतुवामाईमा शसस्त्र प्रहरीको वोर्डर आउट पोष्ट (विओपी) थपिएको छ ।

रतुवामाई २ को डोरीयामा रतुवामाई नगरपालिकाका प्रमुख रविन राई र नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्रबहादुर थापाले संयुक्त रुपमा स्थापना गर्नु भएको हो ।

कार्यालय स्थापना गर्नका लागि रतुवामाई नगरपालिका वडा नं. २ का सनातन राजवंशीले ८ कठ्ठा ४ धुर जग्गा निशुःल्क रुपमा सशस्त्र प्रहरी बल नेपाललाई उपलब्ध गराउनु भएको हो । सो कार्यालय अस्थायी संरचना निर्माण गरि संचालनमा ल्याईएको छ ।

सो कार्यालयको स्थापना प्रतिवेदन प्रस्तुत गर्दै सशस्त्र प्रहरी निरीक्षक झपिन्द्र बानियाँले संरचना निर्माणको लागी सहयोग गर्ने सम्पुर्ण सहयोगिदाताहरुको प्रशंसा गर्नुभयो ।

अस्थायी संरचना निर्माणको लागि रतुवामाई नगरपालिकाबाट २ लाख ७० हजार वरावरको निर्माण सामाग्रीहरु, सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वाटर ंकालिनी मोरङ्गबाट ३ लाख ३० हजार बराबरको निर्माण सामाग्रीहरु र सशस्त्र प्रहरी कर्मचारीहरुबाट १ लाख श्रमदान गरि ७ लाख रुपैयामा अस्थायी संरचनाहरु निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button