रत्तदान कार्यक्रम
विराटनगर, ६ वैशाख । नेपाल बिद्यार्थी संघ मोरगले आज आफ्ना ५१ ऋौ बार्षिकोत्सवको अवसरमा रत्तदान कार्यक्रम गरेको छ ।
संगले पुष्पलाल चोक ,मुनाल चोक र बरगाछी चोकमा आयोजना गरेको रक्तदानकार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको नेपाल बिद्यार्थी संघ मोरगका अध्यक्ष देवचन्द्र घिमिरेले बताउनुभयो । बिराटनगर महानगरपालीका का प्रमुख भिम पराजुली , सुवास भण्डारी र गोकुल थापा लगाएतले रत्तदान गर्नुभएको थियो ।
यसैबिच कोरोना भाइरसको संक्रमण तथा रोकथाम नियन्त्रण गर्न लकडाउन गरिएको अवस्थामा मोरङको कानेपोखरी गाउँपालिका ६ मा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल आदिवासी जनजाती महासंघ, राष्ट्रिय युवा जागरण मन्च र रमाइलो डायोग्नोष्टिक सेन्टरको संयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा ६४ प्रिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक एवम नेकपा कानेपोखरीका सचिब मनोज राजवंशीले जानकारी दिनुभयो ।