Tune to BFM 91.2|Biratnagar

रमाप्रसाद–मायादेवी पत्रकारिता पुरस्कार नवोदितलाई

विराटनगर २२ असार । यो वर्षको रमाप्रसाद–मायादेवी पत्रकारिता पुरस्कार पत्रकार मीनकुमार नवोदित श्रेष्ठलाइ प्रदान गरीएको छ ।नेपाल प्रेस युनियन मोरङल आजे विराटनगरमा एक कार्यक्रम को आयोजना गरी पुरस्कार प्रदान गरेको हो ।

पुरस्कार स्वतन्त्रता सेनानी रमाप्रसाद रिजाल र उहाकी श्रीमती मायादेवी रिजालले स्थापना गर्नुभएको हो । पुरस्कारको राशि १५ हजार रुपैयाँ र प्रशंसापत्र रहेको छ । पुरस्कार वितरण समारोहमा पुरस्कारका संस्थापक सुभाष रिजालले पुरस्कारले काम गर्न प्रेरणा मिल्ने बताउनुभयो । उहाले पुरस्कारको राशि बढाउन पहल गरिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै कांग्रेस संसदीय दल प्रदेश १ का नेता राजीव कोइरालाले पुरस्कारले ऊर्जा मिल्ने बताउनुभयो । उहाले सबैतिर समस्या नै समस्या छ भएकोले। स्वास्थ्य र राजनीतिक अवस्था पनि सहज बन्न नसकेको बताउनुभयो।

प्रमुख सचेतक केदार कार्कीले रमाप्रसाद रिजाल प्रजातान्त्रिक आन्दोलनका एक असल योद्धा भएको बताउनुभयो । उहाले पत्रकारको पेसा अहिले संकटमा परेको र यसलाई व्यवस्थित गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । पत्रकारिता पेसा स्वतन्त्र, निष्पक्ष र निर्भिक हुनुपर्ने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पत्रकार र पत्रकारिता क्षेत्रमा अहिले संकट आइपरेको बताउनुभयो । उहाले महानगरले पनि पत्रकारिता क्षेत्रको विकासमा सहयोगी भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल, प्रेस युनियन प्रदेश संयोजक लीलावल्लव घिमिरे, युनियन मोरङका अध्यक्ष कुमार लुइँटेल, र पुरस्कृत पत्रकार नवोदितले मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button