राजपा भित्र विवाद बढ्दै

0
90

काठमाण्डौं, ८ पुस । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल भित्र विवाद बढ्दै गएको छ । राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएपछि धनुषामा महन्थ ठाकुरको पूर्व तराई मधेस लोकतान्त्रिक पार्टीबाट आएका नेता तथा कार्यकर्ता र महतोको पूर्व सद्भावनाका नेताबीच विवाद बढेको हो । पार्टीका ठाकुर पक्षका नेताले महतो पक्षका नेता अगाडि संयोजक महतोको विषयमा अनावश्यक टिक्काटिप्पणी गरेपछि हातपातसम्मको अवस्था सिर्जना भएको छ । विवाद बढ्दै गएपछि धनुषा जिल्ला अध्यक्ष मण्डलको बैठकले महतो पक्षका नेतालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेर केन्द्रीय अध्यक्ष मण्डललाई सिफारिस पठाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here