राजबंशी जातीहरुको अस्तीत्व बिस्तारै खस्कीदै

0
437

विराटनगर २९ असोज । राजबंशी जातीहरुको अस्तीत्व बिस्तारै खस्कीदै गइरहेको सरोकारवालाहरुले बताएका छन् । विगतको तुलनामा राजबंशी जातीहरुको पहिचान मेटीदै जान थालेको आज बिराटनगरमा राजबंशी समाज उत्थान समितिको आयोजना तथा बिराट राजबंशी युवासमितीको संयोजनमा भएको कार्यक्रमका वक्ताहरुले सो कुरा बताएका हुन । बिराट राजबंशीको सामाजिक, आर्थिक र राजनितिक अबस्था बिषयक अन्र्तक्रीया कार्यक्रममा समाजवादी पार्टी प्रदेश नं. १ संसदीय दलका नेता जयराम यादबले स्वजातिय पहिचानको लागी क्षमता विकास गरी आयआर्जनमा लागेमा राजबंशीहरु पनि अन्य जाती सरहको हैसियतमा रहने बताउनु भयो । पुर्खाको सम्पतीको रवाफ नदेखाई आफ्नो बलबुता अनुसार अघिबढ्न उहाँले सुझाव दिनुभयो । आयोजक संस्थाका मोरङ अध्यक्ष प्रदिपकुमार विश्वासले विराट राजवंशी समुदायको विकासका लागि राज्यले पर्याप्त ध्यान दिन नसकेका कारण सिंगो समुदाय हरेक क्षेत्रमा पछि परेको विचार व्यक्त गर्नुभयो । जिल्ला उपाध्यक्ष सिद्धुलाल राजवंशीले विराट राजवंशीहरु मुल आदिवासी भए पनि हालसम्म आदिवासी जनजातिमा सुचिकृत नगरेर राज्यले विभेद गरेको बताउनुभयो । बुद्धिजीवि रामसुन्दर राजवंशीले हालसम्म विराट राजवंशी समुदायका मानिसहरुलाई राजनितिक दलहरुले भोंट बैंकका रुपमा मात्र प्रयोग गरेको तर राजनीतिक पहुँचका निम्ति पहल नगरेको गुनासो गर्नुभयो । आयोजक संस्थाका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशी तथा युवाका अध्यक्ष कुशेश्वर राजवंशीलगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here