राजापाक्षेले दिए प्रधानमन्त्रीबाट राजीनामा

0
321

काठमाण्डौं, २९ मंसिर । श्रीलंकामा शक्ति संघर्ष अन्त्य गर्दै राष्ट्रपति मैत्रीपाला सिरिसेनाबाट प्रधानमन्त्रीमा नियुक्त महिन्दा राजापाक्षेले आज राजीनामा दिनु भएको छ । उहाँले युनाइटेड फ्रिडम गठबन्धनका सांसदहरुलाईसमेत राजीनाबारे जानकारी दिनु भएको छ । गत बिहीबार श्रीलंकाको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति सिरिसेनाको निर्णय गैरकानुनी भएको फैसला गरेको थियो । सर्वोच्चको फैसलापछि नै उनी राजीनामा दिन बाध्य भएको बताइएको छ । संसदलेसमेत राजापाक्षेविरुद्ध अविश्वासको मत पारित गरेको थियो । गत अक्टोबरमा २६ मा राष्ट्रपति सिरिसेनाले अप्रत्यासित कदम चाल्दै रनिल विक्रमसिंघेलाई बर्खास्त गरी राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको थियो । त्यसपछि उहाँको नियुक्तिलाई लिएर राजनीतिक र संवैधानिक संकट गहिरिँदै जाँदा श्रीलंकामा राजनीतिक अन्योल बढेको थियो । राजापाक्षेको राजीनापछि विक्रमसिंघेले आइतबार प्रधानमन्त्रीको शपथग्रहण गर्ने अनुमान गरिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here