Tune to BFM 91.2|Biratnagar

रातभर अस्पताल बाहीर बसेका कोरोना संक्रमित मन्त्री पुगेपछि भर्ना

विराटनगर १७ जेठ । झापाको कचनकवलका २७ जनालाई सुनसरीको वीपी कोईराला स्वास्थ्य प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरीएको छ

संक्रमितलाई भर्ना गराउन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे आज विहान धरान पुग्नुभएको थियो । प्रक्रिया नपुगेकोले ढिलो भएको भन्दै झापाबाट गएराति ११ बजे पुगेका संक्रमितलाई प्रतिष्ठानले रातभर भर्ना नलिइ बाहीर राखेको थियो ।

आज प्रतिष्ठान पुगेर सामाजिक विकास मन्त्री घिमिरेले सबै संक्रमितलाई भर्ना गराउनु भएको हो । संक्रमित भोकै रातभर प्रतिष्ठानको आइसोलसन वार्डबाहिरै रहेका थिए । मन्त्री घिमिरे प्रतिष्ठान पुगेपछि मात्र संक्रमितहरुलाई आइसोलेसन वार्डमा भर्ना गराइएको छ ।

रातभर बाहिरै राखेर प्रतिष्ठानबाट गम्भीर लापरवाही भएको भन्दै यस्तो गर्न नपाइँने घिमिरेले बताउनुभयो ।” फेरि यस्ता घटना नदोहोर्याउन प्रतिष्ठान पदाधिकारीहरुलाई मन्त्री घिमिरेले निर्देशन दिनु भएको छ ।

यस विषयमा स्पष्टीकरण लिइने मन्त्री घिमिरेले बताउनु भएको छ । प्रतिष्ठान पदाधिकारीले दुईसय बेड तयार भएको प्रदेश सरकारलाई जानकारी गराएका थिए । प्रतिष्ठानका उपकुलपति डा.गिरीले वीपीको कोभिड उपचार केन्द्रमा १ सय ५० वेड तयारी अवस्थामा रहेको बताएकै कारण कचनकवलबाट २७ संक्रमित पठाईएको मन्त्री घिमिरेले जानकारी दिनुभयो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले समन्वयका अभावले गर्दा समस्या भएको बताउनुभयो । कचनकवलमा हालसम्म एकसय बढी संक्रमित फेला परिसकेका छन् । । प्रदेश १ मा १ सय ५८ संक्रमित मध्ये ३० जना डिस्चार्ज भएका छन् ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ३४ जना र धरानमा ९४ जना उपचाररत रहेका छन् । यसैबीच मन्त्री घिमिरेले आज नै चतरामा अवस्थित सिद्धबाबाको आश्रम पुगेर त्यहाँ बनाइएको आसोलेसन वार्डको निरीक्षण गर्नुभएको छ । संक्रमित थपिएसँंगै सरकारले आइसोसलेसन कक्ष निर्माणलाई गति दिएको मन्त्री घिमिरेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button