राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा

0
144

विराटनगर, ३ भदौ । श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी भदौ ७ गते शनिबार विराटनगरमा निकालिने रथयात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । ५२ औं संस्करणको रथयात्रा दिउँसो साढे ३ वजे राधाकृष्ण मन्दिरबाट निकालिने छ । मन्दिरबाट शुरु भएको रथले ७ किलोमिटर दुरी पार गर्ने राधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले बताउनुभयो । साढे ४ घण्टामा पुन ः राधाकृष्ण मन्दिर पुग्न रथले ४० स्थानमा विश्राम गर्ने उहाँले बताउनुभयो । रथयात्रामा प्रयोग गरिने रथ पेगोडा शैलीमा बनाईएको छ । रथको लम्वाई २२ फिट, चौडाई १४ फिट र उचाई १८ फिट रहेको अध्यक्ष ओझाले बताउनुभयो । अध्यक्ष ओझाले रथयात्राका दिने हेलिकप्टरबाट पुष्पबृष्टि गरिने बताउनुभयो । पुष्टबृष्टिका लागि करिव ८० हजार रुपैयाँको १ क्वीन्टल फूलको तयारी गरिएको उहाँले बताउनुभयो । हेलिकप्टरले करिव २० मिनेट पुष्पबृष्टि गर्ने पत्रकार सम्मेलनमा बताईएको छ । रथयात्रा भव्य रुपमा सम्पन्न गर्नका लागि १८ वटा उपसमिति निर्माण गरिएको छ । यसैवीच राधाकृष्ण मन्दिरले कृष्णजन्माष्टमीका दिन धार्मिक सभामा हरेक वर्ष प्रदान गर्दै आएको पोखरमल धर्म संस्कृति पुरस्कार यस वर्ष लक्ष्मी नारायण मन्दिर पाञ्चाली विराटनगरका स्वामी अच्युत प्रपन्नाचार्यलाई दिईने भएको छ । पुरस्कारको राशी १ लाख १ हजार रहेको अध्यक्ष ओझाले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here