Tune to BFM 91.2|Biratnagar

रानी–जोगवनी नाका आजदेखी सुचारु

विराटनगर, १६ असोज । कोभिड १९ महामारी विश्वव्यापी रुपमा फैलिएपछि रोकथाम र नियन्त्रणका लागि १९ महिना अघिदेखि बन्द रहेको विराटनगरको रानी र भारतको जोगवनी जोड्ने नाका आजदेखी पूर्णरुपमा खुलेको छ ।नेपाल सरकारको असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले नाका खोल्ने निर्णय गरेको भएपनि जिल्ला प्रशासन कार्यालय मोरङले नाका खुला गर्न निर्देशन दिएको थिएन ।

सर्वसाधारणको आवतजावत केही समय अगाडिदेखिनै भइरहेको भएपनि सवारी साधन आवतजावत पूर्णरुपमा बन्द थियो । शनिबारबाट भने सबै प्रकारको आवतजावत खुला भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button