Tune to BFM 91.2|Biratnagar

रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा निधन

विराटनगर, १९ जेठ । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा गएराति निधन भएको छ । प्रजातन्त्र सेनानी समेत रहेकी अधिकारीको काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो ।

१९३६ नोभेम्बर २७ मा विरगञ्जमा जन्मनु भएकी रानुदेवीको बाल्यकाल भारतमा बितेको भएपनि उहाँको विवाह २००६ सालमा विराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको थियो । गायिका रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा काम गरेको राजनीतिकर्मीहरु बताउँछन् ।

सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम विक्रम सम्बत् २००६ सालमा ६ वटा गीत रेकर्डिङ गर्नुभएको थियो । २००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो।

विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा तारिणीप्रसादले नै प्रोत्साहन गर्नुभएको थियो । अधिकारीका एक छोरा अविन र दुई छोरीहरु अर्चना तथा अल्पना रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button