Tune to BFM 91.2|Biratnagar

रामधुनीको बाल संरक्षण कार्ययोजना तयार

विराटनगर, २७ माघ । सुनसरीको रामधुनी नगरपालिकाले बालसंरक्षण कार्ययोजना तयार गरेको छ । आगामी चैत भित्रमा बालमैत्री नगर घोषणा गर्ने कार्ययोजना बनाईएको छ ।
बालमैत्री नगरका लागि विभिन्न ३९ वटा सूचकहरु पुरा गरि चैत भित्रमा बालमैत्री नगर घोषणा गरिने नगर प्रमुख जयप्रकाश चौधरीले बताउनुभयो ।

नगरपालिकाको बालसंरक्षण नीति, कार्यविधि तथा योजना निर्माण सम्वन्धि कार्यशालामा बोल्दै नगर प्रमुख चौधरीले बालविवाह, बालश्रममुक्त घोषणा अभियानमा नगरपालिका जुटेको बताउनुभयो । बालमैत्री नगर घोषणा अभियानमा साझा सवालकालागि साझा मञ्च(कोकन) ले सहजीकरण गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहकार्यमा सञ्चालित बालिका संरक्षण परियोजना अन्तर्गत बालसंरक्षण नीति, कार्यविधि तथा योजना निर्माण संवन्धि तीन दिने कार्याशाला गरि बाल संरक्षण कार्ययोजना तयार गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख जयप्रकाश चौधरी, उपप्रमुख सविना चौधरी, साझा सवालका लागि साझा मञ्च(कोकन) का अध्यक्ष मञ्जीता उपाध्याय, प्लान इन्टरनेशनल नेपालका बाल अधिकार संयोजक रुपा्कुमारी उदासको सहभागित रहेको थियो ।

कार्यक्रमको सहजीकरण सामाजिक विकास मन्त्रालय प्रदेश नं.१ का कानुनी सल्लाहकार कोषराज न्यौपाने र यज्ञ शर्माले गर्नु भएको थियो ।

कार्यक्रममा बाल अधिकारको अवधारणा, राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनहरुको बारेमा विस्तृत छलफल गरिएको थियो । कार्यशालामा कार्यपालिका सदस्यहरुरु, विषयगत शाखा प्रमुखहरु, वडाध्यक्षहरु, शिक्षक, संघ संस्थाका प्रतिनिधिको गरि ४२ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button