Tune to BFM 91.2|Biratnagar

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

विराटनगर ३ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ आज मध्याह्न अन्त्येष्टि गरिएको छ ।

पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो ।राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

घिमिरेको १०१ वर्षको उमेरमा हिजो साँझ ५ः५५ बजे निवासमै निधन भएको थियो ।स्वर्गीय घिमिरेको पार्थिब शरीरमा दुई छोराले दाबत्ती दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button