Tune to BFM 91.2|Biratnagar

राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन प्रधानमन्त्री ओलीको आह्वान

विराटनगर, ३० कात्तिक । आजबाट नेपाल सम्वत ११४१ सुरु भएको छ । तिथीअनुसार भाइटिकाको अघिल्लो दिन नेपाल सम्वत्को नयाँ वर्ष सुरु हुन्छ ।

शंखधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाउनु भएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको छ ।

म्ह पूजा र नेपाल सम्वत्को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले एकता मार्फत नै समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सफल हुने उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत लगायत पर्व मनाउन विशेष आह्वान समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button