राष्ट्रपतिद्वारा राष्ट्रियसभा अधिवेशन अन्त्य
विराटनगर, २६ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको जारी अधिवेशन अन्त्य गर्नुभएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रपति भण्डारीले राष्ट्रियसभा अधिवेशन अन्त्य गर्नुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा अध्यक्षलाई पत्र लेख्दै अधिवेशन अन्त्यको जानकारी गराउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान मन्त्रिपरिषद् बैठकमा राष्ट्रिययभा अन्त्य गर्ने सिफारिस गरेर राष्ट्रियभामा पुगी सम्बोधन गर्नुभएको थियो ।
राष्ट्रियसभाको हिउँदे अधिवेश गत पुस १७ गते सुरु भएको थियो । प्रतिनिधिसभा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते विघटन गरिसक्नु भएको छ ।