Tune to BFM 91.2|Biratnagar

राष्ट्रवादको प्रश्न क्तव्यमा मात्र सीमित भयो : देउवा

काठमाण्डौ ,२८ वैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई लिपुलेक प्रकरणमा कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय पहल कदमी गर्न आग्रह गर्नुभएको छ ।

भारतले चीनको मानसरोवर जोड्ने नेपाली भूमि लिपुलेक भएर जाने सडक उद्घाटन गरेपछि कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय पहलकदमी गर्न सभापति देउवाले आग्रह गर्नुभएको हो ।

भारतले दुई दिनअघि उद्घाटन गरेको सडकको प्रसंगमा देउवाले भन्नुभएको छ ‘यो दुई दिनको अवधिमा वर्तमान सरकारले उच्चस्तरीय कूटनीतिक पहल प्रारम्भ नगरेर गम्भीर विषयमा केवल वक्तव्य मात्रै जारी गरेको परिप्रेक्ष्यमा नेपाली कांग्रेसको सभापति एवं प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले म सरकारलाई कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय पहलकदमी गर्न सार्वजनिक रूपले अपिल गर्दछु ।

’देउवाले निकाल्नुभएको विज्ञप्तिमा नक्शा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा मात्र सीमित रहनु र अहिले फेरि त्यही प्रवृत्ति दोहोरिनु दुःखद भएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button