Tune to BFM 91.2|Biratnagar

राष्ट्रव्यापी अनलाइन प्रतियोगिता आयोजना

विराटनगर, ४ वैशाख । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले विद्यार्थीहरूका लागि सात वटै प्रदेशमा विभिन्न विधामा अनलाइन प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

परिषद्ले विद्यार्थीको रचनात्मक क्षमता, वौद्धिक स्तरको उन्नतिका साथै सिर्जनात्मक कार्यमा उनिहरू सक्रिय रहुन भन्ने उद्देश्यले राष्ट्रव्यापी प्रतियोगिता गर्न लागिएको परिषद्का राष्ट्रिय महासचिव सुरेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

परिषद्ले अनलाइनबाट हुने विभिन्न प्रतियोगितामा सक्रिय सहभागिता जनाई आफ्नो बौद्धिक एंव सिर्जनात्मक क्षमताको विकास गर्न विद्यार्थीहरूमा आह्वान समेत गरेको छ । अनलाइन माध्यमबाट हुने प्रतियोगितामा निबन्ध लेखन, कविता लेखन, हस्तलिखित अक्षर, वक्तृत्वकला र चित्रकला प्रतियोगिता समावेश गरेको छ ।

प्रतियोगितामा कक्षा ६ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागी हुन सक्नेछन् । जसका लागि विद्यार्थीले आफ्नो सिर्जना तयार गरी विभिन्न माध्यमबाट प्रेषित गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button