राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वय हुनु पर्छ : मन्त्री पोखरेल

0
90

विराटनगर, २३ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य क्षेत्रको गुणात्मकतालाई प्रत्याभूत गराउँदै स्वास्थ्य क्षेत्रमा देखिएको विकृतिको अन्त्य गर्ने ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ प्रभावकारी रूपमा कार्यन्वयन गर्नु पर्ने बताउनु भएको छ । संघीय संसदबाट पारित भएर कार्यन्वयनको चरणमा रहेको राष्ट्रिय चिकित्सा ऐनले चिकित्सा शिक्षा र सेवामा रहेको विकृतिको पनि अत्य गर्ने भएकोले प्रभावकारी रूपमा कार्यन्वयन गर्नु पर्नेमा मन्त्री पोखरेलको छ । चिकित्सा शिक्षा आयोग, सानोठिमी भक्तपुरले विराटनगरमा आज आयोजना गरेको राष्ट्रिय चिकित्सा ऐन, २०७५ अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रभावकारी र जनमुखी बनाएर अगाडि बढ्नु पर्ने बताउनु भयो । ‘धेरै मेहनत गरेर राष्ट्रिय चिकित्सा शिक्षा ऐन सदनबाट पारित गरेका छौं,’ मन्त्री पोखरेलले भन्नु भयो, ‘नेपालको स्वास्थ्य, शिक्षाको क्षेत्रमा गुणात्मकतालाई प्रत्याभूत यो ऐनले गर्दछ । त्यही भएको कारणले यसको प्रभावकारी रूपमा कार्यन्वयनमा सबै लाग्नु पर्दछ ।’ निजी चिकित्सा शिक्षाको विकृति अन्त्य गरी दुर्गम क्षेत्रमा शिक्षण संस्थाको स्थापनामा पूँजीको लगानीमा प्रोत्साहन पनि उक्त एनेले समेटिएको मन्त्री पोखरेलले बताउनु भयो । उहाँले अहिले चिकित्सा क्षेत्रमा अनुसन्धान आवश्यक रहेको र ऐनले सेवा, पठनपाठन र अनुसन्धानलाई मुख्य रुपमा जोड दिएको चर्चा गर्दै चिकित्सक सेवा मानव जीवनसँग गाँसिएको हुनाले सेवा प्रवाह गर्दा संवेदनशील हुनु पर्नेमा जोड दिनु भयो । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पहाडी र दुर्गम क्षेत्रको अस्पतालमा चिकित्सव टिकाउन सरकारलाई समस्या भएको बताउनु भयो । अहिले आएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनले दुर्गम र पहाडी क्षेत्रमा चिकित्सक अड्याउन महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here