Tune to BFM 91.2|Biratnagar

राससको भवन मर्मतका लागी महानगरले १० लाख दिने

विराटनगर, ९ जेठ । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले राष्ट्रिय समाचार समिति प्रदेश नं.१ कार्यालय विराटनगरको आज निरिक्षण गर्नुभएको छ ।

वि.स.२०३४ सालमा निर्माण भएको सो भवनको मर्मत सम्भार र रङ्गरोगन नभएपछि भवन जीर्ण भएको ले चालु आर्थिक वर्षमा विराटनगर महानगरपालिकाले १० लाख बजेट विनियोजन गरेपछि अहिले भवनको मर्मत सम्भार र रङ्गरोगन भएको छ ।

प्रमुख पराजुलीले आज कार्यालयको निरीक्षण गर्दै भवनको निर्माणमा बाँकी रहेका काम सम्पन्न गर्न अगामी बजेटमा थप १० लाख दिने घोषणा गर्नुभयो ।

प्रमुख पराजुलीले आजै कार्यालय परिसर भित्र दुई वटा आम्रपाली आँप र एउटा अनारको बिरुवा रोप्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button