राहतका लागि बेलबारी नगरपालिकाले छुट्यायो १५ लाख
बेलबारी २० चैत ।बेलबारी नगरपालिकाले राहत वितरण गर्नका लागि १५ लाख सहितको बिपद ब्यबस्थापन कोषको स्थापना गरेको छ । हिजोे बसेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगरसमन्वय समितिका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको पहिलो वैठकले सो निर्णय गरेको हो ।
बेलबारी नगरपालिकाको बिपद ब्यबस्थापन कोष एनएमबी वैक शाखा कार्यालय बेलबारीमा रहेको खाता न. १०१२५६९८०८ मा स्थानिय राजनितिक दल, गैरसरकारी संघसस्था, निर्माण ब्याबसायि, िवत्तिय संघसंस्थाहरु ,समुह तथा ब्यक्तिहरुलाई राहत वितरणका लागि रकम जम्मा गरी सहयोग गरिदिन नगरपालिकाले अनुरोध गरेको छ ।
राहत कोषमा सहयोग गर्नेहरुको नाम बेलबारी नगरपालिकाको वेबसाइट, सामाजिक संजाल तथा संचार माध्यमहरुमा प्रकाशन प्रसारण समेत गरीने नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगरसमन्वय समितिकका संयोजक प्रदिप शाहले बताउनुभयो ।बैठकले एकद्धार प्रणालि भन्दा वाहिर गई राहत वितरण गर्ने कार्य गरेमा स्थानिय जनप्रतिनिधि र सुरक्षा निकायबाट समन्वय गरेर त्यस्ता राहत सामाग्रि जफत गर्ने समेत निर्णय गरेको छ ।
राहतका लागि नगरपालिकाले १५ देखी २५ किलो चामल, १ किलो नुन, डेढकिलो सम्म दाल र एक डल्ला साबुन दिने समेत निर्णय गरेको छ । ४ जना सम्मको परिवारलाई १५ किलो तथा सो भन्दा वढिको परिवारलाई २५ किलोको दरले राहत दिने समितका संयोजक तथा नगरपालिकाका प्रमुख सुवेदीले बताउनुभयो ।