राहतको विवादमा वडासदस्यमाथि हातपात
विराटनगर, २८ चैत । राहत वितरणमा अनियमितता गरेको भन्दै विराटनगर महानगरपालिका वडा नं. ६ का वडा सदस्यमाथि हातपात भएको छ ।
गएराति विराटनगर ६ की वडासदस्य सुशीला पासवानमाथि स्थानीयको एक समूहले हातपात गरेको हो । हातपात गर्ने स्थानीय ४० वर्षीय रामनारायण पासवान, ४२ वर्षीय ललिता पासवान र ४३ वर्षीय तुलसीदेवी पासवान रहेको मोरङ्ग प्रहरीले जनाएको छ ।
उनीहरुलाई गएराति नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङ्गका डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।