राहतबितरण गर्न प्रदेश १ सरकारसंग सांसदहरूको माग

विराटनगर, २८ असार । केहि दिन देखिको अविरल बर्षाकाकारण आएको बाढी, पहिरोले समस्यामा परेका बासिन्दाहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश १ का सांसदहरूले माग गरेका छन् ।

आजको प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै सांसद कुलप्रसाद साम्बाले अघिल्लो वर्ष प्रदेश सरकारले गफमात्रै गरेको काम नगरेको गुनासो गर्नुभयो । साम्बाले गतवर्षकै नियति नदोहोर्याइ बाढी पहिरो र डुवानबाट क्षतिपुगेको स्थानमा , क्षतिपूर्ति दिन, उद्धार गर्न र राहतबितरण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद केदार कार्कीले प्रदेशमा २ वटा विपद् व्यवस्थापन समिति भएपनि ती समितिहरूले गरेको कामको जानकारी नभएको बताउनुभयो । शुन्य समयमा सांसदहरू उपेन्द्र घिमिरे, सुयर्माराज राई, बसन्तीदेवी यादव लगायतले बाढी, पहिरो र डुवानबाट पीडित भएकाहरूलाई उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्थागर्न माग गर्नुभयो ।

सांसदहरूले उठाएका विषयलाई सम्बोधनगर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले अविरल बर्षाकाकारण प्रदेशमाभएको क्षतिबारे संसदलाई जानकारी गराउनु भएको छ । कार्कीले प्रदेशका सबै जिल्ला प्रशासनकार्यालयहरू , सुरक्षानिकायहरू र स्थानियतहहरूलाई आबश्यक तयारी गर्न निर्देशन दिइएको बताउनुभयो ।

कार्कीले प्रदेश १ को झापा, मोरङ, इलाम, संखुवासभा, सुनसरी, उदयपुरलगायतका जिल्लाहरूमा बाढी पहिरोले क्षति पुर्याएको जानकारी दिनुभयो । मन्त्री कार्कीले शंखुवासभाको सिलिचोङ् गाउँपालिका– १ स्थित वेसिन्दामा गएको पहिरोले मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले क्षतिपूर्तिको व्यवस्थागर्ने बताउनु भयो ।

पहिरोकाकारण १ जनाको मृत्यु भएको छ । पहिरोले ९ वटा घरमा क्षति पुगेको र ११ जना वेपत्ता भएका छन् । पहिरोले वेपत्ताबनाएकामध्ये ४ जनाको स्थानियले जीवितै उद्धार गरेका छन् । कार्कीले मौसममा सुधार भएलगत्तै हेलिकोप्टरबाट राहतका सामाग्री पुर्याइने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button