Tune to BFM 91.2|Biratnagar

राहतस्वरुप खाद्यन्न हस्तान्तरण

विराटनगर, ५ वैशाख । मोरङको जहदा गाउँपालिका १ मा बसोबास गर्ने साहराविहीन तीन दिदीबहिनीलाई समाजसेवी रामनाथ साहले राहतस्वरुप खाद्यन्न हस्तान्तरण गर्नुभएको छ ।

जहदा गाउँपालिका वडा नः १ स्थित धुनीकी अति विपन्न सुनेना, नेहा र बन्दनालाई राहतस्वरुप साहले आज खाद्यन्न दिनुभएको हो ।

समाज सेवी साहको नेतृत्वमा गएको टोलीले उनीहरुलार्ई ५० किलो चामल, दाल, तेललगायतका खाद्य सामग्री दिएको सामाजिक अभियन्ता पेरीस सुवेदीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button