Tune to BFM 91.2|Biratnagar

राहत नपाएको भन्दै महानगरपालिका घेराउ

विराटनगर, २२ जेठ । लकडाउनका कारण दैनिकी प्रभावित भएपछि दैनिक ज्यालादारी गर्ने अतिविपन्न वर्गका मानिसहरुले विराटनगर महानगरपालिका घेराउ गरेका छन् ।

विराटनगर वडा नः २ का दैनिक ज्यालादारी गर्ने अति विपन्न वर्गका मानिसहरुले राहत नपाएको विषयलाई लिएर आज महानगरपालिका घेराउ गरेका हुन् । नेपाल सरकारले कोराना भाइरसको संक्रमणबाट सुरक्षित रहन गत चैत्र ११ गतेबाट जारी गरेको लकडाउनका कारण काम विहीन भएपछि गुजारा चलाउन नै मुस्किल परेको भन्दै राहतको माग गर्नुपरेको उनीहरुले बताएका छन ।

महानगरपालिकाले एक पटक दिएको राहतले ३ महिनासम्म गुजारा चल्न नसक्ने भन्दै उनीहरुले तत्काल थप राहतको व्यवस्था गर्न माग गरेका छन । करिव दुईसयको संख्यामा रहेका उनीहरुले तत्काल महानगरपालिकाले राहतको व्यवस्था नगरे धर्ना दिनुको विकल्प नभएको बताएका छन ।

महानगरसँगै वडामा समेत धर्ना दिने उनीहरुले बताएका छन । लकडाउन जारीभएको ७३ औं दिन भइसक्दा पनि महानगरपालिकाले एक पटक १२ किलो चामलसहितको राहत मात्र दिएको स्थानीयहरुको भनाई छ । राहत नपाएर स–साना बालबालिकहरु भोक भोकै बस्नु परेको उनीहरुले गुनासो गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button