Tune to BFM 91.2|Biratnagar

राहत वितरणका नाममा भीडभाड

विराटनगर, २० चैत । सरकारले लकडाउनको समयमा हरेक क्षेत्रमा भीडभाड नहोस् भनेर सार्वजनिक स्थलहरुमा समेत जान बन्देज लगाएको छ । तर पछिल्लो समयमा राहत वितरणका नाममा गरिएका भीडभाडले उच्च जोखिम बढाएको पाइएको छ ।

साधारणतया राहत वितरण गर्ने सम्बन्धित पक्ष र राहत लिन जाने सर्वसाधारणले सुरक्षित भएर राहत वितरण र उपलब्ध गर्नुपर्ने हो । तर धरानमा गरिएका अधिकांश राहत वितरणमा न त वितरण गर्ने पक्ष न त सर्वसाधारण दुवै पक्षले सुरक्षित उपाय नअपनाएको पाइएको छ । धेरै जसोले त भीडभाडमा माक्ससमेत लगाएको पाइदैन ।

सुरक्षित हुन मास्क, हातमा पञ्जा लगायतका सामाग्री लगाउनुपर्ने हो तर त्यो भएको पाइदैन । यस्तै राहत वितरणका क्रममा सरकारले निर्देश गरेको एक मिटरको दूरी समेत कसैले पालना गरेको पाइदैन ।

धरान उपमहानरपालिका, कृषि उपज बजार, लगायतका अन्य संघ संस्थाले सहकार्य गरेर अहिले राहतका प्याकेज सर्वसाधारणलाई धमाधम बाडी रहेका छन । त्यसमा पनि धरान उपमहानगरपालिकाले धरानका २० वटै वडालाई भान्सामा नभइ नहुने सागसब्जी, खाद्यान्न वितरण गरेको छ ।

माइकिङ गरेर कोरोना भाइरसबाट जोगिन भीडभाडमा नजाने, सावुन पानीले राम्ररी हात धुने, भीडभाडमा जादा मास्क लगाउने लगायतका सचेतनामूलक सूचना सञ्चारमाध्यम र माइकिङमार्फत जानकारी गराउदा पनि त्यो हुन नसकेको स्थानीय तहबाट सब्जी वितरणमा खटिनु भएका धरान ३ का वडा सदस्य विकास वनेपालीले बताउनुभयो ।

लामो समयसम्म लकडाउन भएका कारण अत्यावश्यक सामाग्री सकिने त्रासले सर्वसाधारण हतासमा हुने कारणले पनि भीड बढेको उहाको भनाई छ । सरकारले भीडभाड हुने स्थानमा लकडाउन गरे पनि राहतका प्याकेज दिने क्रममा खासै ध्यान दिन सकेको छ ।

लकडाउन किन गरेको र केका लागि गरेको भन्ने विषयमा सर्वसाधारणलाई बुझाए पनि सर्वसाधारण अटेरी भएर निर्देशन नमानेका घट्ना पनि बढ्दै गएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button