Tune to BFM 91.2|Biratnagar

रिहा भए पूर्वडीआईजी रञ्जन कोइराला

विराटनगर, ८ साउन । सर्वाेच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला आज रिहा भएका छन् ।

डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई आज रिहा गरेको हो ।कोइरालालाई लिन उनकी प्रेमिका तारा डिल्लीबजार कारागार पुगेकी थिइन् । उनकै कारमा कोइराला घरतर्फ लागे । सञ्चारकर्मीतर्फ हेरेर हात हल्लाउँदै कोइराला कारागारबाट बाहिरिएका थिए । उनका अन्य आफन्तहरु भने कारागारमा कोहपनी देखिएनन् ।

तारा पनि रञ्जन पत्नी हत्या अभियोगकी प्रतिवादी हुन् । एक वर्ष जेल सजाय भोगेर उनी छुटेकी थिइन् । उनी पूर्वराष्ट्रिय भलबल खेलाडी पनि हुन् ।सर्वाेच्च अदालतले असार १५ मा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो ।

श्रीमती गीता ढकालको हत्या गरेपछि पूर्वडीआईजी कोइराला जेल परेका थिए ।सो मुद्दामा जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने फैसला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button