Tune to BFM 91.2|Biratnagar

रेलमार्गको ट्रयाक बेड निर्माण ठेक्काको म्याद थप

विराटनगर, २३ साउन । मुद्दा परेपछि रेल विभागले पूर्वपश्चिम विद्युतीय रेलमार्ग आयोजना अन्तर्गतको इनरुवा–काकडभिट्टा खण्डको ट्रयाक बेड बिछ्याउनका लागि निकालिएका दुवै ठेक्काको समय थप गरेको छ ।

सरकारको महत्त्वाकांक्षी परियोजनामध्येको इनरुवा–काकडभिट्टा रेलमार्गका लागि विभागले असार १४ र १७ मा दुई वटा ठेक्का आह्वान गरेको थियो । जग्गा अधिग्रहण र मुआब्जा प्रक्रियाका लागि तयारी नगरी आह्वान गरिएको सो ठेक्काविरुद्ध तेजकुमार कुरुम्वाङले उच्च अदालतमा रिट हालेका थिए।

न्यायाधीश शान्ता सेढाइको इजलासले गत सोमबार उक्त रिटमाथि सुनुवाइ गर्दै दुवै पक्षको बहस सुनेर निर्णय नहुन्जेल ठेक्काको उक्त सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अल्पकालीन अन्तरिम आदेश जारी गर्दै ुसो सम्बन्धमा भए गरेका सम्पूर्ण निर्णय तथा कामकारबाहीहरु हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राख्नुु भनिएको छ ।

साउन २६ गतेका लागि पेशी तोकिएको छ । अदालतको उक्त आदेशपछि विभागले बुधबार सूचना जारी गर्दै १४ गते निकालिएको ठेक्काका लागि भदौ २८ गते र १७ गते निकालिएको ठेक्काका लागि भदौ २९ गतेसम्म आवेदन दिन सकिने उल्लेख गरेको छ ।

उच्च अदालतले दुवै ठेक्का यथास्थितिमा राख्न अन्तरिम आदेश दिएसँगै ठेक्काको म्याद थपिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो ।

विभागले १०६ किमिको सो रेलमार्ग ५४ वटा प्याकेज बनाएर दुइवटा टेण्डर निकालेको थियो । मोरङ र सुनसरीमामा ५६ किमिका लागि एउटा र झापामा ५० किमिका लागि अर्काे टेण्डर निकालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button