Tune to BFM 91.2|Biratnagar

रोटरी क्लब अफ विराटनगर मिटडाउनको अध्यक्षमा भट्टराई

विराटनगर, २१ असार । रोटरी क्बल विराटनगर मिडटाउनको १९ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

विराटनगरस्थित एसियाटिक होटलमा एक कार्यक्रम आयोजना गरि पदस्थापन कार्यक्रम भएको हो । रोटरी क्बल विराटनगर मिटडाउनको अध्यक्षमा युवा उद्योगी तथा पर्यटन व्यवसायी पुण्य भट्टराई चयन हुनु भएको छ ।

भट्टराईले सन् २०२०÷२०२१ को लागि रोटरी क्बल विराटनगर मिडटाउनको अध्यक्षमा हिजो पदभार ग्रहण गर्नुभएको हो । क्बलमा ५२ सदस्य रहेका छन् । क्बलको भावी अध्यक्षमा जय कमल अग्रवाल रहनुभएको छ ।

यस्तै क्बलको उपाध्यक्षमा रामकुमार श्रेष्ठ, सचिवमा नबिन भट्टराई, कोषाध्यक्षमा गिरीराज बस्नेत र क्लब निर्देशकमा श्रवण कुमार माझी, कुमार खतिवडा, सुजन थापा, घनश्याम काबरा, केशरीचन्द बोथरा, नरेस बंशल रहनु भएको छ ।

यस्तै सदस्यहरूमा अश्विनी बंशल, निस्चल अधिकारी, बाबुराम नेउपाने, सुरज श्रेष्ठ, किरण ढुङ्गेल, सुजन सिक्देल रहनुभएको छ । क्लबका पदाधिकारीहरूलाई रोटरी एजी मधु काबराले सपथ ग्रहण गराउनुभएको थियो । भट्टराईले आफ्नो कार्यकालमा विभिन्न सामाजिक कार्यक्रम गरि रोटरी क्बललाई समाजमा स्थापित गराउने बताउनुभयो ।

एक वर्षको कार्यकालमा विराटनगर महानगरपालिकासँग सहकार्य गरि सामाजिक कार्यक्रम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

पदस्थापन कार्यक्रममा फस्ट लेडी अन्जुला प्याकुरेल, वरिष्ठ रोटरी बेनीगोपाल मुन्दडा, क्बलका आइपीपी गंगा प्रसाद यादव, क्बलका पूर्वअध्यक्षहरू घनश्याम राठी, मुकेश उपाध्यक्ष भट्टराई, डा. बिरेन्द्रकुमार बिष्ट, राम अवतार अग्रवाल, सुरेशमान श्रेष्ठ, ललित लोहिया, भैरब प्रसाद रिजाल, नन्द किशोर राठी, जुगल राठी, सन्तोष अग्रवाल र दिपबहादुर खापुङको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button