लकडाउनका कारण समस्यामा परेका विद्यार्थी र श्रमिकलाई राहत
विराटनगर, २१ वैशाख । भोजपुरको अरुण गाउँपालिका स्थायि घर भई लकडाउनका कारण घर आउन नपाएर काठमाण्डौमा रोकिएका विद्यार्थी तथा श्रमिक वर्गलाई राहत वितरण गरिएको छ ।
सामाजिक काम गर्दै आएका सुवास ढकाल, योगेन्द्र खत्रि, मनोज खत्रि, तिलक अधिकारी, रेजिन श्रेष्ठल गायतको टोलीले एघार परिवारलाई राहत वितरण गरेको हो ।
अरुण गाँउपालिकाका याकु, चम्पे, याङ्पाङ स्थायि घर भएर काठमाण्डौमा बसोबास गर्दै आएका उनिहरु लकडाउका कारण समस्यामा परेपछि राहत वितरण गरिएको अरुण गाउँपालिका सेवा समाजका सचिव सुवास ढकालले जानकारी दिनुभयो ।
उनिहरुलाई २५ केजी चामल, २ केजी दाल, १ केजी नुन, १ लिटर तेल वितरण गरिएको ढकालले जानकारी दिनुभयो । आगामि दिनमा अरुण गाउँपालिका स्थायि घर भएर काठमाण्डौ लगायतका क्षेत्रमा बसोबास गरिरहेकाको विवरण संकलन गरेर गाउँपालिकाको समन्वयमा समस्यामा परेकालाई राहत वितरण गरिने ढकालले बताउनुभयो ।
युवाहरुले उनिहरु बसेको घरघरमै पुगेर राहात सामाग्री प्रदान गरेका छन् ।