Tune to BFM 91.2|Biratnagar

लकडाउनको उल्लघंन गर्ने २ सय ५७ जना मोरंगबाट पक्राउ

विराटनगर, २९ चैत । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन उल्लंघन गर्ने २ सय बढी मोरंगबाट हिजो पक्राउ परेका छन् ।

लकडाउनलाई प्रभावकारी बनाउन प्रहरीको बिशेष अभियान अन्तर्गत २ सय ५७ जनालाई पक्राउ गरिएको मोरंग प्रहरीका प्रवक्ता डिएसपी मानवहादुर राईले वताउनुभयो । उहाँका अनुसार हिजो २ सय ७ वटा सवारी साधन पनि नियन्त्रणमा लिईएको छ ।

पक्राउ गरिएका सवारी साधनलाई लकडाउन समाप्त भएपछि मात्र छाडिने डिएसपी राईले जानकारी दिनुभयो । लकडाउनको पालना गर्नु हुन जिल्ला प्रहरी कार्यालय मोरङले सबैमा अनुरोध पनि गरेको छ । प्रहरीका अनुसार मोरंगमा हिजो सम्म १२ जना महिला र १ सय ५९ पुरुष गरि १ सय ७१ जना क्वारेन्टाईनमा रहेका छन ।

आईसोलेसनमा ३ जना महिला र ७ जना पुरूष गरि १० जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button