Tune to BFM 91.2|Biratnagar

लकडाउनको समयमै ट्याङग्रापूल मर्मत

विराटनगर, ११ वैशाख । सुनसरीको इटहरी उपमहानगरपालीकाको पहलमा लकडाउनको समयमै ट्याङग्रापूल मर्मत थालिएको छ ।

पूर्व पश्चिम सडक खण्डस्थित इटहरी वजार हुदै वग्ने ट्याङग्रापूल मर्मत थालिएको हो । हार्डवेयर वाट सामान उपलब्ध गराउन पहल गर्ने र सुरक्षाको जिम्मेवारी लिने भनेपछि सडक डिभिजन कार्यालयले काम सुरु गरेको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

हार्डवेयर सँग समन्वय गरेर समान उपलब्ध गराइएको उहाँले वताउनुभयो । लामो समयदेखि पूल मर्मत नहुदा समस्या हुदै आएको थियो । केहि समय अघिनै टेण्डर लागि सकेको भएपनि कोरोनात्रासका कारण मर्मतको काम सुरु हुन सकेको थिएन ।

ट्याङग्रापूल दैनिक सयौ सवारी साधन वारपार हुने पूल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button