Tune to BFM 91.2|Biratnagar

‘लकडाउन’मा विराटनगरबासी गंभिर देखिएनन्

विराटनगर, ११ चैत । कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणको लागि सरकारले देशव्यापी लकडाउन गरेपनि विराटनगरमा गंभिर रुपमा लिएको पाईएको छैन ।

नेपाल सरकारले आज देखि चैत २१ गते बिहान ६ बजेसम्मको लागि लकडाउन गरेको भएपनि विराटनगरमा सडक र फाट्फुट्ट खुलेका पसलहरूमा भीड नै रहेका छन ।

स्थानीय प्रशासनले कडाइ नगर्दा लकडाउनको पहिलो दिन खासै प्रभाव देखिएको छैन । अत्यावश्यक सेवाका क्षेत्र मात्रै खुला हुने भनेपनि भीड भने उस्तै रहेको छ ।

चार चक्के सवारी साधन सञ्चालनमा रोक लागेपनि मोटरसाइकल लगायतका दुई चक्के सवारी साधन निर्वाध नै सञ्चालनमा रहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button