Tune to BFM 91.2|Biratnagar

लकडाउनलाई प्रभावकारी बनाउन छलफल

विराटनगर १२ वैशाख । सुनसरीको इटहरी उपमहानगरमा लकडाउनलाई प्रभावकारी ढंगले कार्यावन्यनका लागि छलफल सम्पन्न भएको छ ।

नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षता र प्रदेश सांसद लिलम वस्नेतको आतिथ्यतामा भएको छलफलमा वडाध्यक्षहरु,उद्योगवाणिज्य संघ इटहरी अध्यक्ष भीम पौडेल,इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख धर्म भण्डारी,नागरिक समाजका अध्यक्ष दिनेश रसाइली लगायतको सहभागिता थियो ।

छलफलमा लकडाउनलाई प्रभावकारी ढंगले कार्यावन्यन गर्न सवैले आ आफनो क्षेत्रवाट प्रभावकारी भूमिका खेल्ने निर्णय गरीएको छ । यस्तै इटहरीमा दोश्रो चरणको राहत यथासिघ्र वितरण गरिने बताइएको छ । नगरप्रमुख चौधरीले वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई आजै देखि दोश्रो चरणको राहत वितरण गर्न आवहान गर्न भएको छ ।

यसैगरि दुधजन्य वस्तुको ओसार पसारका लागि विहान ४ देखि ६ वजे सम्म र अपरान्ह ४ देखि ६ वजे सम्म सहज वातावरण वनाउने, विहानको केही समय सामाजिक दुरी कायम गर्दै तरकारी आपूर्तीलाई सहज वनाउने निर्णय भएको छ । यसैगरी लकडाउनको निर्धारित समय वैशाख १५ भन्दा उता पनि कायम हुने अवस्था रहे विहान ७ देखि ११ वजे सम्म खादयवस्तुका पसल खुल्ला गर्नकालागि जिल्ला सुरक्षा समिति सँग अनुरोध गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button