Tune to BFM 91.2|Biratnagar

लकडाउन अटेर गर्ने दुईजना प्रहरीको नियन्त्रणमा

विराटनगर, १२ चैत । लकडाउनमा अटेर गरेर जवरजस्ती सवारी साधन चलाउने दुईजनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरीले हिजो र आज दिउसो १ बजेसम्ममा १८२ मोटरसाइकल, स्कुटर १६ वटा ,४ वटा कार, सिटी सफारी ५ वटा , २३ वटा साइकल र २ वटा ट्रयाक्टर गरी जम्मा २३४ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।लकडाउन उल्लङ्घन गरेको आरोपमा दुई जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रबक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

राईका अनुसार पहिलो दिन सवारी पास र अत्यावश्क समानहरुका लागि लकडाउनलाई कडाई नगरेपनि आज देखि सुरक्षाकर्मी परिचालन गरेर निगरानी कडा गरिएको छ ।कोरोना भाइरसको विश्व माहामारीबाट बच्न सरकारले लकडाउन लागु गरेपनि विराटनगरमा मानिसहरुले कडाईका साथ पालना गरेका छैनन् ।

लक डाउन अवधीमा पनि घरबाट अटेर गरेर चलाउनेहरुको सवारी साधन नियन्त्रण गरीएको राईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button