Tune to BFM 91.2|Biratnagar

लकडाउन अवधिभर राहत बाँडने घोषणा

विराटनगर, २१ चैत । विराटनगरका एकजना युवा ब्यवसायी एवम समाजसेवीले लकडाउन अवधिभरि राहतस्वरुप खाद्यान्न बाँड्ने घोषणा गरेका छन ।

विराटनगर–११ निवासी ब्यवसायी एवम समाजसेवी दिलसाद आलमले लकडाउन अवधिभर विपन्न र असाहायहरुलाई खाद्यान्न बाँडने घोषणा गर्नुभएको हो । आलमले विराटनगरको ट्राफिकचोकमा रहेको आफ्नो ब्यावसायिकस्थललाई केन्द्र बनाएर घोषणा अनुसार राहत बाँडने कार्य शुरु गर्नुभएको छ ।

घोषणाको पहिलोदिन आज १ सय १० जना विपन्न,असहाय र एकल महिलालाई खाद्यान्न वितरण गरिएको छ । सो क्रममा पीडितहरुलाई चामल १० किलो सहित,दाल,तेल र आलु प्रदान गरिएको छ ।

कोरोना भाईरसको जोखिमलाई नियन्त्रणगर्न घोषणा गरिएको लकडाउनले विपन्न,असहाय र एकल महिलाहरु भोकभोकै बस्ने अवस्था सृजना भएपछि आफुले लकडाउन अवधिभरि यसप्रकारको अभियान चलाउने उहाँले बताउनुभयो ।

लकडाउन अवधिभरि पीडितहरुलाई दैनिक १ लाख बराबरको राहत आफुले ब्यक्तीगतरुपमा उपलब्ध गराउने उहाँले बताउनुभयो । अभियानबाट जिल्लाभरिका पीडितहरुले राहतस्वरुप खाद्यान्न प्राप्त गर्न सक्ने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button