Tune to BFM 91.2|Biratnagar

लकडाउन उल्लंघन गर्ने बढेपछि कडाई

विराटनगर, १६ वैशाख । लकडाउनलाई थप कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएसँगै सशस्त्र प्रहरी सुरक्षाबल नेपाल हाइवे चेक पोस्ट मोरङ सलकपुरले पनि कडाइ गरेको छ ।

सशस्त्र प्रहरी सुरक्षा बल नेपाल हाइवे हाई चेक पोस्ट सलकपुरले आज बिहानै लकडाउन उल्लंघन गरेका सवारी साधन र अन्यावश्यक रुपमा हिंड्ने ब्यक्तिलाई केहीबेर नियन्त्रणमा लिइ सचेतनामूलक जानकारी गाराएर छाडेको छ ।

लकडाउन उल्लंघन गर्ने क्रम बढेपछि सशस्त्र सलकपुरले आज बिहान अति आवश्यक सवारी साधनको समेत पास भएको नभएको चेकजाँच गरेको छ । कतिपय पास लिएका सवारी साधनको दुरुपयोग हुन थालेपछि सशस्त्र प्रहरी सुरक्षा बल नेपाल हाईवे चेक पोस्टले एम्बुलेन्स र अन्य अति आवश्यक बस्तु ओसारपसारको सवारिमा पनि छड्के चेक गरेको हो ।

सशस्त्र प्रहरी सुरक्षा बल नेपाल हाइवे हाई चेक पोस्ट सलकपुरका इञ्चार्ज प्रहरी निरीक्षक विदुर भट्टराईर्ल बिहान लकडाउनमा कडाइ गरेसँगै लकडाउन उल्लंघन गर्ने कार्यमा कमी आएको बताउनुभयो । चेकजाँचका क्रममा औषधिको सामान बोक्ने भनेर एउटा सवारीले किरानाको सामान बोकेको पाइएको छ ।

बिना पास तथा सिफारीस नलिएको सवारीमा मेडिकल सामग्री भनेर चलकेट, केक र केही थान सेनिटाजर बोकेको भेटिएको सशस्त्र प्रहरी सलकपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button