Tune to BFM 91.2|Biratnagar

लकडाउन कडाइका साथ पालना गर्न सरकारको अनुरोध

काठमाडौं ११ चैत । सरकारले कोरोना संक्रमणविरुद्धको लडाइमा राष्ट्र एकताबद्ध भएर लड्नुपर्ने भएकाले ‘लकडाउन’ लाई कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । पहिलो दिनको लकडाउनको समिक्षा गर्न उच्चस्तरीय समन्वय समितिको बैठक आज अपराह्न सिंहदरबारमा बस्ने बताईएको छ ।

उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आम जनताले सरकारको निर्णयप्रति र्पुयाएको सहयोगको प्रशंसा गर्नुभएको छ । उहाले अपवाद बाहेक आम जनताले लकडाउन पालना गरेको बताउनु भएको छ ।

जनताले सरकारको निर्णय पालना गरेकोमा प्रशंसा गर्न चाहन्छु उहाले भन्नुभएको छ । वास्तवमा यो राष्ट्रले एकताबद्ध भएर लड्नुपर्ने समस्या हो । सबैको सहयोग पाइएको छ र जनता आफैं सचेत भएर सरकारको निर्णय पालना गर्नुपर्छ ।

पोखरेलले लकडाउनलाई अवज्ञा गर्नुलाई बहादुरीका रुपमा लिन नहुने भन्दै सरकारको यो कदम कुनै आन्दोलन दबाउन नगरिएको र प्रशासनिक वा सुरक्षा बल प्रयोगको कारबाही नभएकाले जनताले स्वस्फूर्त रुपमा घरभित्र बसेर आफू र मुलुकलाई संक्रमणबाट जोगाउनुपर्ने बताउनुभयो ।

यस्तो बेला सबैले जिम्मेवारीपूर्वक सोच्नुपर्ने समय भएकोले यस्तो बेला आम जनताले सरकारले भने अनुसार गर्नुहोस उहाले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button