Tune to BFM 91.2|Biratnagar

लकडाउन को दोस्रो दिन शहर बजार सुनसान

काठमाडौं १२ चैत । कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको दोस्रो दिन आज पनि बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् ।

आज बिहानैदेखि काठमाडौं ,विराटनगर लगायत देशभरका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।लकडाउनका कारण अधिकांश शहरी क्षेत्रमा मानिसहरु घरमै बसेकाले शहर बजार पनि सुनसान देखीएको छ ।

सडकहरुमा एकदमै कम संख्यामा सवारी साधन चलेका छन् ।तर कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको छ । जसका कारण सुरक्षाकर्मीहरुले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा समेत लिनु परेको बताईएको छ ।

सरकारी निर्देशनको अवज्ञा गरेर सवारी साधन चलाउनेहरुलाई प्रहरीले कारावाही समेत गरेको छ ।त्यसैगरी अनावश्यक रुपमा घर बाहिर निस्कने र भीडभाड गर्नेहरुलाई पनि प्रहरीले घर फर्काएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button