Tune to BFM 91.2|Biratnagar

लकडाउन खुले पनि तत्काल विद्यालय नखुल्ने

बिराटनगर १९ वैशाख । बर्तमान परिस्थितिमा लक डाउन खुले पनि तत्काल विद्यालय नखुल्ने एभरेष्ट स्कुल विराटनगरका प्रिन्सीपल टिकाराम पुरीले बताउनुभएको छ।

विएफएम ९१.२ संग को कुराकानीमा निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन)का केन्द्रीय अध्यक्ष तथा एभरेष्ट स्कुल विराटनगरका प्रिन्सीपल टिकाराम पुरीले सो कुरा बताउनुभएको हो ।

विद्यार्थीहरुलाई तत्काल विद्यालय खोलेर पढाउने वातावरण नभएकोले हाल अनलाईन शिक्षा अर्थात भर्चुअल कक्षा संचालन गर्नुको विकल्प नरहेको पुरीले बताउनुभयो ।साठी प्रतिशत विद्यार्थीहरु इन्टरनेटको पहुचमा रहेको हुनाले अनलाईन शिक्षा उपयुत्त हुने र वाकी चालीस प्रतिशत विद्यार्थीका लागी सरकारले विकल्प खोज्नुपर्ने उहाले बताउनुभयो ।निजी विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्न नसक्ने उहाको भनाई छ ।

यदी सरकारले निजि विद्यालयहरुलाई राहत सहयोग गरेको अवस्थामा भने शुल्क मिनाहा गर्न सकिने पुरीले बताउनुभयो । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवासबाहेक अरु छुट दिन निर्देशन दिएको थियो ।

पुरीले सरकारको निर्णय स्वागत योग्य भएको तर आफूहरूलाई पनि सरकारले केही राहत दिनुपर्ने बताउनुभयो । अध्यक्ष पुरीले बैंकबाट ऋण लिएका विद्यालयहरूलाई एक महिनाको बैंक ब्याज मिनाहाको व्यवस्था गर्नुपर्ने बताउँनुभयो ।जग्गा र भवन भाडामा लिएका विद्यालयहरूलाई एक महिनाको भाडा नलाग्ने व्यवस्था सरकारले मिलाउनुपर्ने अध्यक्ष पुरीको माग छ ।

सरकारले भने असंगठित क्षेत्रका श्रमिकहरूसँग एक महिनाको घर भाडामा नलिन घरधनीहरूलाई आग्रह गरेको छ ।प्याब्सन अध्यक्ष पुरीले यस विषयमा लकडाउन खुलेपछि सरोकारवाला सबैसँग पर्याप्त छलफल गर्ने बताउनुभयो । ‘सरकारले विद्युत महसुलमा २५ प्रतिशत छुट दिएको छ । तर एक महिनाको भाडा नलिनु भनेको सय प्रतिशत छुट हो पुरी ले भन्नुभयो सय प्रतिशत छुट दिँदा कर्मचारीलाई तलब दिन गाह्रो पर्छ ।

अभिभावकसँग लिने शुल्कको ठूलो हिस्सा शिक्षक, कर्मचारीको तलब व्यवस्थापनमा जाने र लकडाउनमा पनि तलब नकाटिने र शिक्षक, कर्मचारीले चैत महिनाको पनि तलब पाउने उहाले बताउनुभयो ।सरकारले आफुहरुसंग छलफल नगरी एकोहोरो निर्णय गरेको पुरीले बताउनुभयो । आगामी दिनमा सरकार ,विभिन्न सरोकारवाला पक्ष र अभिभावक संग संग छलफल गरेर अगाडी बढने उहाको भनाई छ ।उ

हाले चैत महिनाको शुल्क भुक्तानी गरिसकेका अभिभावकको एक महिनाको शुल्क आगामी शैक्षिक सत्रमा समायोजन गर्न सकिने पुरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button