Tune to BFM 91.2|Biratnagar

लकडाउन यता १२ लाख ५५ हजार जरिवाना असुल

विराटनगर, १० असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले लकडाउन यता बद्मासी गर्ने व्यापारिक एवं औद्योगिक प्रतिष्ठान तथा फर्मलाई कारबाही गरेर १२ लाख ५५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले ‘लकडाउन’ जारी राखेका बेला मोरङमा भने व्यापारीक ठगी र कालोबाजरी मौलाएको छ । विभिन्न समयमा सरकारी टोलीले गरेको अनुगमनबाट मुलुक कोरोना त्रासका कारण भयावय स्थितिमा रहेका बेला व्यापारीले ठगी धन्दा चलाउँदा त्यसको मारमा भने उपभोक्ता परेको पुष्टि भएको छ ।

अनुचित लाभ लिने खालका धन्दामा सानातिना व्यापारीदेखि लिएर ठूला व्यवसायिक घरना एवं औद्योगिक प्रतिष्ठानकै संलग्नता रहेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले बताउनु भयो ।

बरालकाअनुसार चैत ११ यता मात्रै ठगी र कालोबजारी धन्दा चलाउने १७ वटा व्यवसायिक तथा औद्योगिक फर्महरुलाई कारबाही स्वरुप जरिवाना गर्नुका साथै ४९ वटालाई सचेत गराउने र नसिहद दिने काम भएको छ ।

कृतिम अभाव देखाउँदै सामानको मूल्य बढाएर कालोबजारी गर्ने, सामान बिक्रीका नाममा ठगी गर्ने, बजारमा अभाव भएका वस्तु लुकाउने, म्याद गुज्रिएका सामग्री बेच्ने, सस्तो मदिरा महँगोमा हालेर बेच्ने, मूल्य सूची नराख्ने, खरिद बिल नभएका, अन्डर विलिङ गर्ने, खुद्रा मूल्य धेरै राख्ने उद्योग तथा व्यापारिक प्रतिष्ठानमाथिको कारवाही तीव्र पारिएको उहाँको भनाय छ ।

त्यस्तालाई उपभोत्ता संरक्षण ऐन २०७५ र उपभोक्ता संरक्षण नियमावली २०७६ अनुसार कारवाही गर्ने गरिएको बरालले बताउनु भयो । उपभोक्ता हितविपरीत कार्य गर्ने फर्महरूलाई तीन लाख रुपैयाँसम्म जरिवाना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button